संसदबाटै एमसीसी पास गर्ने गृहमन्त्री खाँडको भनाइ



पोखरा, पुस १६ । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी संसदबाटै पास गराउने बताएका छन । पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले नेपाल सरकारले नै प्रस्ताव गरेको परियोजना भएकाले यसलाई पास गरेर जानुको विकल्प नभएको उनले बताएका हुन।

त्यस्तै उनले सबै तहका निर्वाचन समेत तोकिएकै समयमा सकिने बताएका छन् । निर्वाचनको तोकेकै मितिभित्र शान्तिपूर्ण ढंगले सम्पन्न हुने उनले बताए ।

‘सबै निर्वाचनहरू समयमै सम्पन्न हुन्छन् । सरकारले शान्ति सुरक्षा प्रदान गर्नेछ,’ उनले भने, ‘स्वतन्त्र र भयमुक्त वातावरणमा जनताले मत दिएका र विश्वास पाएका प्रतिनिधि छनोट हुनेछन् ।’ उनले समय भने तोकेनन् ।

निर्वाचन आयोगले वैशाखमा स्थानीय सरकारको निर्वाचन गर्न सरकारलाई प्रस्ताव गरेको छ । अघिल्लो पटकको पहिलो स्थानीय निर्वाचन ३१ वैशाख २०७४ मा गते भएको थियो । खाँणले त्यही मितिलाई लक्षित गर्दै समयभित्रै निर्वाचन गर्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्