गोरखामा मिनि ट्रक दुर्घटना : २ जनाको मृत्यु, २ घाईते



गोरखा,पुस १६ । गोरखामा मिनीट्रक दुर्घटना भएको छ।गोरखाको माछाखोलामा शुक्रबार भएको मिनी ट्रक दुर्घटनामा परी २ जनाएको मृत्यु भएको छ भने अन्य २ जना घाईते भएका छन् ।

सो ट्रक आरुघाटबाट माछाखोला तर्फ गइरहेको थियोे । सो बा ५ ख ६५६६ नम्बरको मिनि ट्रक धार्चे गाउँपालिका ५ को माछाखोला बजार नपुग्दै १ किलोमिटर वर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुई जना मृत्तकमध्ये सोही ट्रकका चालक धादिङ घर भएका निराजन नेपाल रहेको र अन्य १ जनाको भने पहिचान खुल्न नसकेको गोरखा प्रहरीले जनाएको छ ।

गाडीमा सवार अन्य ४ जना मध्य २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नावय उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिए । घाईते मध्ये धार्चे गाउँपालिका ३ उहियाँ निवासी आशमान गुरुङको टाउकोमा चोट देखिएकोले तत्कालै आरुघाट तर्फ उपचारको लागि ल्याउदै गरिएको प्रनाउ दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्