टोखा नगरपालिकाको दशौं नगरसभा सम्पन्न



काठमाडौं,पुस १७ । टोखा नगरपालिकाको दसौं नगरसभा सम्पन्न भएको छ । शुक्रबार टाेखा वडा ८ स्थित पारिजात पार्टी प्यालेसमा भएको कार्यक्रममा टाेखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले पानसमा दिप प्रज्वलन गर्दै  कार्यक्रमको उद्घाटन गरेका थिए ।

सभामा नगर उपप्रमुख ज्ञानमाया डंगोलले संशोधित बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेकी थिइन। नगर सभामा नगर उपप्रमुख ज्ञानमाया डंगोलले नवौं नगर सभाले स्वीकृत गरेको आर्थिक वर्ष २०७८।७९को संशाेधित बजेट रु.१ अर्ब १४ करोड ६६ लाख १८ हजार रुपैया प्रस्ताव गरिन । जुन नवौं नगर सभामा पेश गरिएको सहितको वार्षिक नीति कार्यक्रमको समीक्षा सहितको संशोधित बजेट भन्दा २.४८ले प्रतिशतले वृद्धि भएको जानकारी गराउदै बजेट तथा कार्यक्रमको अनुमानित पुर्ण विवरण अनुसूची मार्फत पेश गरेकी थिइन ।

चालू आर्थिक वर्षमा आ.व.२०७८।७९को नवौं नगर सभाबाट कुल राजस्व असुली अनुमान रु १ अर्व ८९ करोड ९४ लाख ७६ हजार गरिएको थियोे । जसमध्ये आन्तरिक श्रोत को कर तथा गैर सेवा शुल्कहरुबाट २२ करोड २०लाख ७९ हजार अनुमान गरिएकोमा २०७८ मंसिर मसान्तसम्म टोखा नगरपालिकामा रु ११ करोड ५८ लाख राजश्व उठेको थियो । जुन ४९.५६ प्रतिशत प्रगति भएको विवरण टाेखा नगर उपप्रमुख ज्ञानमाया डंगोलले पेश गरिन।

नवौं नगरसभाबाट पारित योजना र कार्यक्रमहरुलाई समयमै सम्पन्न गर्न टाेखा नगरपालिका लागिपरेको नगर प्रमुख प्रकाश अधिकारीले बताए । अन्तिम वर्षको अन्तिम नगर सभा भएको छ । राजनीतिक दलहरुको अधिवेशनले गर्दा अहिलेसम्मको नगरपालिकाको गतिविधीहरु सन्तोषजनक देखिएको छैन । नगरसभाबाट पारित योजना तथा कार्यक्रमलाई छिटोभन्दा छिटो कार्य गर्नुपर्नै चुनौती रहेको बताए ।

कार्यक्रममा टोखा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष जेपी नेपाल र टाेखा वडा ६ का वडा सदस्य शान्ता खनाल पौडेल,टोखा नगरपालिका वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारी लगायतले कार्यपालिकाको बैठकबाट बजेट तथा योजना संशोधन भएर आउनुपर्नेमा त्यसो नगरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्