लमजुङमा भूकम्पको धक्का महसुस



लमजुङ,पुस १७ । लमजुङमा भूकम्पको धक्का महसुस गरिएको छ। गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा भूकम्पको धक्का महसुस गरिएको हो ।

शनिबार बिहान १० बजेर १३ मिनेट जाँदा जिल्लाको दोर्दी गाउँपालिका– ८ बन्सारलाई केन्द्रबिन्दु बनाएर दुई दशमलव नौ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

जिल्लाको विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भए पनि कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्