अमेरिकामा गायक राजेश पायल राईमाथि हातपात!



काठमाडौं,पुस १७ । अमेरिकामा गायक राजेश पायल राईमाथि हातपात भएको छ। नयाँ वर्ष २०२२ को अवसरमा आयोजित एक कन्सर्टमा गीत गाइरहेको भिडियोमा गायक राईमाथि हातपात भएको देखिन्छ ।

यद्यपि हातपात कस्ले किन गर्यो भन्ने खुलासा भएको छैन।भिडियोमा गायक राईलाई एक दर्शकले स्टेजमै चढेर पछाडिबाट अंगालो मार्ने प्रयास गरे झै देखिन्छ ।

यसरी हातपात हुनासाथ आयोजकले स्टेजबाट उक्त पुरुषलाई बाहिर निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस्