नुवाकोट महाकालीका तामाङ समुदाय एकजुट बन्दै, ल्होज्याङ (गुठी) पुनर्गठन
नुवाकोट,पुस १७ । जिल्लाको साविक महाकाली र भद्रुटारका तामाङ समुदाय एकजुट बनेका छन् । पछिल्लो दिन यहाँका तामाङ समुदाय सामाजिक काज कार्य विवाह, ब्रतबन्ध तथा बरखीमा एकअर्काको सहयोग आदानप्रदान गर्दै आफ्नो दैनिकी सहज तुल्याउदै आएको समितिका प्रकाश लामाले बताए ।
शनिबार साविक महाकाली र भद्रुटारमा रहेका १ सय १० घरपरिवारका तामाङ युवाको भेलाले ल्होज्याङ (गूठी) पुनर्गठन समेत गरेको छ। ल्होज्याङको कार्यसमितिका अध्यक्षमा श्यामबहादुर तामाङ चयन भएका छन् । समितिको उपाध्यक्षमा प्रेमबहादुर तामाङ, सचिवमा खेलबहादुर तामाङ, कोषाध्यक्षमा लालबहादुर तामाङ, सदस्यहरुमा शम्भु तामाङ, रत्नबहादुर तामाङ, भक्तबहादुर तामाङ, लालमाया तामाङ, मनमाया तामाङ चयन भएका छन्।
ल्होज्याङले गाउँघरमा मर्दापर्दा रकम संकलन गरी आपसी सहयोग गरी दैनिकी सहज बनाउने लक्ष्य राखेको छ। त्यस्तै प्रत्येक घरधुरीबाट १ सय रुपैयाँ संकलन गरी समस्यामा परेका परिवारलाई सहयोग गर्नेछ ।
त्यस्तै भद्रुटार- महाकाली तामाङ समाजले आधिकारिक समन्वय गर्नेछ। समाजको अध्यक्षमा बिरबहादुर तामाङ रहेका छन् । समितिको उपाध्यक्षमा कमल तामाङ, सचिवमा भिमबहादुर तामाङसहित ११ सदस्यीय समिति रहेको छ।समाजले समेत तामाङ संस्कृति जगेर्ना र आपसी सहयोग निरन्तर अगाडि बढाउने बताइएको छ ।

