शव बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु



बुटवल,पुस १८ । लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट रिडितर्फ शव बोकेर जाँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

लु २ ख ७२७९ नम्बरको बस तानसेन रिडी सडकखण्ड अन्तर्गत पाल्पाको रिब्दिकोट २ लगुवामा सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले बताएका छन ।

दुर्घटनामा ८ जना घाइते भएका छन् । उनीहरुलाई उपचार गर्न तानसेनस्थित मिसन अस्पतालमा उपचारका लागि पठाइएको र अन्य मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्