गोरखामा एक पुरुषको शव भेटियो



गोरखा,पुस १८ । जिल्ला सदरमुकामको एक घरमा झुण्डीएको अवस्थमा एक पुरुषको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मृत्तक ब्यक्ति बारपाक सुलिकोट ७ घर भएका ४२ बर्षका बिरबहादुर गुरुङ रहेका छन् ।

गोरखा नगरपालिका ६ को हरमटारी क्षेत्रमा रहेको सरला कुवँरको घरमा डेरा गरिबस्ने गुरुङले सिलिङमा रहेको पंखा राख्ने रडमा सलको पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिए ।

गुरुङ झुण्डीएको देखेर स्थानियले खबर गरे पछि प्रहरीको टोली अहिले घटना स्थल पुगेको छ । गुरुङ बिहान ११ः०० बजे झुण्डीएको अवस्थामा फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस्