शहरी विकास मन्त्री झाक्री सम्मानित
गुल्मी,पुस १८ । शहरी विकास मन्त्री रामकुमारी झाक्रीलाई जन्मथलो मदाने गाउँपालिका ४ म्यालपोखरी गुल्मीमा भब्य स्वागत र सम्मान गरिएको छ । मन्त्री भएपछि पहिलो पटक जन्मथलो पुगेकी मन्त्री झाक्रीलाई स्थानीवासीहरुले स्वागत सहित सम्मान गरेका हुन् । आईतवार उनको स्वागतमा मदाने गाउँपालिका ४ वडा कार्यालय लगायत विभिन्न राजनीति दलका नेता,कार्यकर्ता,सामाजिक व्यक्ति,आमा समूह, क्लब, विभिन्न संघसंस्थाका प्रतिनिधि, र स्थानीयवासी लामबध्द भई फूलमाला र खदा लगाई सम्मानपत्रले सम्मान गरेका थिए ।
स्थानीय चेली मन्त्रीको सम्मानमा स्थानीय पञ्चेवाजाको टोली सहित निवासमै पुगेका थिए । मन्त्रीको स्वागत गर्न युवा देखि ८० वर्ष उमेर समूह कटेका जेष्ठ नागरिक पनि वडा कार्यालयदेखि सडकका विभित्र भागमा लामवद्घ भएका थिए ।
उनीहरुले मन्त्री झाक्रीलाई नेपाल सरकारको मन्त्री जस्तो गरिमामय पदमा पुगेकोमा वधाई दिदै पदको गरिमालाई थप उचो वनाउन आर्शिवाद समेत दिएका थिए । यस्तै मन्त्री झाक्रीलाई मदाने गाउँकार्यपालिका गुल्मीले पनि आफ्नै कार्यालयमा सम्मान तथा स्वागत गरेकोे छ भने माध्यमिक शिक्षा अध्ययन गरेको पृथ्वी माध्यमिक विद्यालय पुर्कोट दहले समेत सम्मान गरेको छ।

