सिके राउतका कार्यकर्तामाथि प्रहरीले गोली चलायो, ५ जना घाइते, २ जना गम्भिर
जनकपुर, पुस १८। धनुषामा आन्दोलन गर्दै आएको सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ ।
प्रहरीको गोली लागेर पुर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहमा आन्दोलन गर्दै आएका सो पार्टीका कार्यकर्ताहरु ५ जना घाइते भएका छन् । घाइते हुनेमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र सन्जय साह रहेका छन् । घाइते मध्ये २ जनाको टाउकोमा गम्भिर चोट लागेको छ ।
उनीहरुको अवस्था गम्भिर रहेको छ भने तीन जनाको खुट्टामा चोट लागेको छ।

