टोखा मालुङ घुम्तीमा मोटरसाइकल एक आपसमा ठोक्कियो, दुई जना घाइते
काठमाडौं, पुस १८ । टोखा नगरपालिका वडा नम्बर १ मालुङस्थित घुम्तीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको छ।
आइतबार भएको दुर्घटनामा काठमाडौंबाट नुवाकोट तर्फ जाँदै गरेको बा ३७ प ७५५१ नम्बरको मोटरसाइकल र नुवाकोटबाट काठमाडौं तर्फ जाँदै गरेको प्रदेश १- ०५-००१ प ०८३७ नम्बरको मोटरसाइकल एकआपसमा जुध्दा दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेलाई तत्काल उपचारार्थ महाराजगन्जस्थित शिक्षण अस्पतालमा लगिएको छ। घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
यस क्षेत्रमा पछिल्लो समय दुर्घटना बढेर गएकाले संयमित र दुर्घटनाग्रस्त क्षेत्र अङ्कित संकेत राखिनुपर्ने स्थानीयले माग राख्दै आएका छन् ।

