कोरोना अपडेट: थप २ सय १६ जनामा कोरोना संक्रमण



काठमाडौँ, पुस १८ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ सय १६ जना संक्रमित थपिएका छन् ।

यससंगै कुल संक्रमितको संख्या ८ लाख २८ हजार ९ सय ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज २०९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख १२ हजार ४ सय १९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ७ हजार ६ सय ३१ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्