बुधबारदेखि पानी पर्ने सम्भावना
काठमाण्डाै,पुस १९ । आउँदाे बुधवारदेखि देशभर मौसम बदली हुने र पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायु सक्रिय हुने भएकाले पर्सि २१ गते बुधवार बेलुकादेखि शुक्रवारसम्म देशभरको मौसम बदली भइ पानी पर्ने सम्भावना रहेको छ । पश्चिमी वायुको असर शुक्रवारपछि पनि रहन्छ वा रहँदैन भन्ने कुरा भने कत्तिको सक्रिय हुन्छ भन्नेमा भर पर्ने उनले बताइन ।
शुक्रवार सुदुरपश्चिम क्षेत्रबाट पश्चिमी वायुको प्रभाव देखिन थाल्ने भएकाले सुदूरपश्चिममा आउने बुधवार अलि धेरै पानी पर्ने सम्भावना रहेको छ । त्यसपछि बिस्तारै मध्य हुँदै पूर्वतर्फ सर्नेछ र देशभरि नै प्रभाव पर्नेछ ।

