दुप्चेश्वर गाउँपालिकामा विभिन्न विद्यालयका विद्यार्थीलाई स्विटर वितरण



नुवाकोट,पुस २० । दुप्चेश्वर गाउँपालिकामा विभिन्न विद्यालयका विद्यार्थीलाई स्वेटर वितरण गरिएको छ।

दुप्चेश्वर गाउँपालिका वडा नम्बर ७ स्थायी निवासी नेपाली कांग्रेस क्षेत्र नम्बर १ को प्रदेश ‘क’ का क्षेत्रीय सभापति समेत रहेका शुशिल खडकाको सहयोगमा विभिन्न विद्यालयका ६५० जना छात्रछात्रालाई लाइ स्विटर वितरण गरिएको सो गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताए ।

गाउँपालिकाको कमल मणिक आधारभूत विद्यालय, महेन्द्र आधारभूत विद्यालय, ओम शिव शंकर आधारभूत विद्यालय र नवज्योति आधारभूत विद्यालय गरी कुल ४ वटा विद्यालयका ६५० जना विद्यार्थीलाई स्विटर वितरण गरिएको हो । यद्यपि पालिकाका सबै विद्यालयका विद्यार्थीलाई क्रमशः न्यानो कपडा वितरण गर्ने तयारी गरिएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्