छहरे-टोखा सडक खुलाउने यस्तो छ तयारी



नुवाकोट,पुस २० । निर्माणका क्रममा अवरुद्ध छहरे -टोखा सडकखण्ड केहि दिनभित्र खुलाउने तयारी गरिएको छ। निर्माणका क्रममा अवरुद्ध सो सडक ४ दिनभित्र खुलाउने तयारी गरिएको निर्माणको ठेक्का पाएको सिसन निर्माण सेवाले जनाएको छ।

गत जेठ-असारमा सडकखण्डको सिस्नेरी भीर कटिङका क्रममा आंशिक अवरुद्ध गराई वैकल्पिक सडक खण्ड सुनखानी ग्रामीणदेवी माध्यमिक विद्यालय हुँदै चापको बोट यात्रा तय गरिएको थियोे । यद्यपि केहि सातादेखि बाकी भीर कटिङका लागि सडक बन्द गराइ वैकल्पिक सडक प्रयोग गर्न निर्माण सेवाले पछिल्लो समय समेत अनुरोध गरेको थियोे।

वर्षाका कारण अवरुद्ध भएपछि वैकल्पिक बाटोका नाममा निर्माण सेवाले आलोचना खेप्दै आएको थियोे। तर उक्त निर्माण सेवाले अनवरत कामदार खटाइ यथासक्य बाटो सुचारु गर्ने बताउदै आएको थियोे।

बिहान पहिलो प्रहरदेखी बेलुकी ८ बजेसम्म दुईवटा मेसिन प्रयोग गरी कटिङ सतहसम्म मिलाउन कामदार खटाइएको निर्माण सेवाकी सुजिता शाक्यले बताइन्।  वैकल्पिक सडकखण्ड पछिल्लो वर्षाका कारण हिलाम्मे र भिरालो भएकाले सो सडकमा आवागमनमा समस्या आएकाले कम्पनीले धेरै समय काम गरी तत्काल खुलाउने प्रयास अगाडि बढाएको जनाएको छ।

कतिपय साना तथा दुई पाङ्ग्रे सवारीसाधन समेत वैकल्पिक सडकखण्ड हुँदै ओहोरदोहोर गर्न अत्यन्त सकस भएको महसुस गरी काम चाडो सक्न लागी परेको सेवाकी शाक्यले बताइन्। साझापथसंगको कुराकानीमा शाक्यले भनिन- ‘स्थानीयको जनगुनासोका आधारमा अबको ४ दिनभित्र सडक खुलाउने तयारी गरेका छौं।’

प्रतिक्रिया दिनुहोस्