प्युठानबाट माओबादी केन्द्रको केन्द्रीय सदस्यमा खड्का चयन



प्युठान,पुस २० । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्यमा  कृष्णध्वज खड्का निर्वाचित भएका छन् । पार्टीको आठौं महाधिवेशनबाट आइतवार  अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड)ले कृष्णध्वज खड्का सहित २ सय ३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो । प्रचण्डले प्रश्ताव गरेको समितिलाई महाधिवेशनले सर्बसम्मत् रुपमा पारित गरेको हो । खड्का २०५७ देखि नै केन्द्रीय समिति सदस्य थिए ।

नवनिर्वाचित केन्द्रीय सदस्य कृष्णध्वज खड्काले आठौं महाधिवेशनबाट पारित नेपालको समाजवादको नेपाली बाटोको कार्यान्वयन सहित पार्टी निर्माणमा लाग्ने बताएका छन् । केन्द्रीय सदस्यमा दोहोरिएका खड्काले समाजवादको नेपाली बाटो कार्यदिशालाई कार्यान्वयनका लागि आमकार्यकर्ता सहित लाग्ने प्रतिवद्धता गरे ।

प्युठान जिल्ला क्षेत्र नं.२ को प्रदेश सभा सदस्य रहेका खड्का  लुम्बिनी प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री समेत हुन।

प्रतिक्रिया दिनुहोस्