ट्राफिक लाइट निर्माणमा ज्योति विकास बैंकको सहयोग



काठमाडौं,पुस २२ । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका निम्ति स्थापित हाम्रो विकास प्रवद्र्धन कोषमार्फत काठमाडौं महानगर–१ महेन्द्र शालिक चोक कमलादीमा निर्माण गरिएको ट्राफिक लाइट ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ ।

बैंक सञ्चालक समिति सदस्य तथा हाम्रो विकास प्रवद्र्धन कोषका संयोजक सुरेन्द्र नेपाली, ट्राफिक प्रहरी महाशाखा प्रमुख जनक भट्टराई र काठमाडौं महानगर– १ का वडा सदस्य अशोककुमार श्रेष्ठले संयुक्त रूपमा ट्राफिक लाइट उद्घाटन गरेका थिए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टलगायतका पदाधिकारी र महानगरीय ट्राफिक प्रहरी वृत्तका विभिन्न पदाधिकारीको उपस्थिति  थियो । ट्राफिक लाइट जडान तथा सञ्चालन भएसँगै ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास बैंकको छ । बैंकले हाल १०५ शाखा, १ एक्सटेन्सन काउन्टर तथा ६२ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्