नुवाकोट सेराबगर समाजद्वारा माघे सङ्क्रान्तिमा गोरु जुधाई तथा सांस्कृतिक कार्यक्रमको तयारी



नुवाकोट,पुस २२ । राजधानी काठमाडौंसंगै जोडिएको नुवाकोट जिल्ला शिवपुरी गाउँपालिकामा सेरा बगर समाजले बृहत गोरु जुधाई तथा सांस्कृतिक कार्यक्रमको तयारी गरेको छ।

आउदै गरेको माघे सङ्क्रान्तिमा गतवर्ष झै बृहत कार्यक्रमको आयोजना गरिएको सेरा बगर समाजका अध्यक्ष अभियान आचार्यले बताए।

विगतमा गरिएको कार्यक्रम अनुभवको आधारमा थप स्तरीय बनाउन समाज लागि परेको आचार्यले बताए। गोरु जुधाई कार्यक्रमको लागि स्थानीय गोरु धनीलाई यहि पुस २५ गतेसम्म गोरु दर्ता गराउन समेत समाजले अनुरोध गरेको छ।

त्यस्तै सो अवसरमा सांस्कृतिक कार्यक्रमको तयारी गरिएको छ। कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरु उपस्थिति हुने बताइएको छ। सो समाजका अनुसार गायक नवराज घोरासैनी, उद्धब कार्की,रामहरि भण्डारी, संगमजंग थापा, रामशरण आलेमगर, प्रतिमा अर्याल, शुशिला लामा लगायत कलाकारको प्रस्तुति हुने सो संस्थाले जनाएको छ।

कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा तथा विशेष अतिथि मन्जु केसीको रहने बुझिएको छ।कार्यक्रम माघ १ गते १०:३० देखि सुरु हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्