चिसोले सिरहामा एक वृद्धाको ज्यान गयो
जनकपुर, पुस २२ ।चिसोले सिरहामा एक वृद्धाको ज्यान गएको छ। केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण वृद्धाको कठ्याङ्ग्रिएर मृत्यु भएको बताइएको छ ।
मृत्यु हुनेमा सिरहाको कल्याणपुर नगरपालिका–१ निवासी ६५ वर्षीया पल्टी सदा रहेका छन् । उनको बुधबार साँझ चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको हो।
घरमा चिसोले कठ्याङ्ग्रिएर बेहोस भएकी सदालाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेकै बेला मृत्यु भएको कल्याणपुर–१ का वडाध्यक्ष राजाराम कामतीले जानकारी दिए ।

