मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु



कैलाली,पुस २२ । कैलालीको लम्कीचुहा नगरपालिका ७ स्थित सडकमा बिहीबार भएको मोटर साइकल दुर्घटनामा परी मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको छ ।

से. ३ प ६१३५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रीत सडकको कल्बडबाट खसेर बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा च्यापिएर मोटरसाइकलका चालक सोही नगरपालिका चाकावाडी बस्ने २७ वर्षीय रमेश चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

त्यस्तै, गरी सिन्धुलीको मरिण गाउँपालिका ६ स्थित सडकमा गुडिरहेको प्र.२–०२–००१ त १३१४ नम्बरको ट्याक्टरबाट हाम फाल्दा लडेर ट्याक्टरमा सवार ट्याक्टरका साहु मरिण गाउँपालिका ७ ठाटी बस्ने ३० वर्षीय राजेन्द्र बस्नेतको बिहीबार दिउँसो मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ ।

लडेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्