आदिवासी पत्रकार महासंघ फोनिज वाग्मतीको अध्यक्षमा युवराज श्रेष्ठ चयन
काठमाडौं,पुस २२ । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बागमती प्रदेश समितिको अध्यक्षमा युवराज श्रेष्ठ चयन भएका छन् । बिहीबार हेटौँडामा सम्पन्न अधिवेशनबाट रामेछापका श्रेष्ठ सर्वसम्मत अध्यक्षमा चयन भएका हुन ।
श्रेष्ठको नेतृत्वमा २१ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरिएको छ । समितिको उपाध्यक्षमा राजेश रुम्बा (चितवन), डोल्मा शेर्पा (काठमाडौँ) (महिलातर्फ), महासचिवमा श्याम राना (काठमाडौँ), सङ्गठन सचिवमा शिशिर दोङ (काभ्रे), संस्थागत सचिवमा राजु नापित (काठमाडौँ), कोषाध्यक्षमा शङ्कर श्रेष्ठ (धादिङ) चयन भएका छन् ।
यसैगरी सदस्यहरूमा मिना श्रेष्ठ (मकवानपुर), कमला तामाङ (अस्मि) (सिन्धुली), पासाङ शेर्पा (सिन्धुपाल्चोक), पूर्णबहादुर मगर (विशाल), उद्धवकुमार श्रेष्ठ (सिन्धुली), अर्विन्द्रमान सिंह (चितवन), सरोज लामा , पासाङ घिसिङ (ललितपुर), रविन्द सिंजाली मगर, दिक्की डोल्मा शेर्पा (सिन्धुपाल्चोक), पूर्वा तामाङ (रसुवा), सञ्जय चौधरी (चितवन), हिरालाल गुरुङ (चितवन) सर्वसम्मत चयन भएका छन् ।
२१ सदस्यीय कार्य समितिले संस्थागत सदस्यमा पदाधिकारीको बैठकपछि एक जना मनोनयन गरिने जनाएको छ । यस्तै दोस्रो प्रादेशिक अधिवेशनबाट सङ्घीय प्रतिनिधिमा सम्झना श्रेष्ठ, पूर्णभक्त दुवाल, पेमा लामालाई सर्वसम्मत चयन भएका छन् ।
प्रदेश समितिको अनुशासन समिति संयोजकमा बाबुकाजी श्रेष्ठ, सदस्यहरूमा रिदेन महर्जन, रसिया श्रेष्ठ चयन भएका छन् । भने राजेन्द्र मानन्धरको संयोजकत्वमा दोलख गुरुङ, राकेश चौधरी सदस्य रहने गरी लेखा समिति सर्वसम्मत चयन गरिएको छ ।

