काठमाडौंको एक घरमा युवक र युवती मृतावस्थामा भेटियो



काठमाडौं,पुस २३ । राजधानीको राधाकृण्ण मन्दिर नजिकै रहेको एक घरमा युवक र युवती मृतावस्थामा भेटिएका छन् । काठमाण्डौं महानगरपालिका ६ को राधाकृष्ण मन्दिर नजिकको एक घरमा युवक–युवती मृतावस्थामा फेला परेको महानगरिए प्रहरीले जनाएको छ ।

बौद्ध प्रहरीका अनुसार संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी र खोटाङकी युसुना राई मृत फेला परेका हुन् । उनीहरु उत्त घरमा डेरामा सँगै बस्दै आएका थिए ।

उनीहरुको शरीरमा धारिलो हतियार प्रहार गरेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलबाट धारिलो हतियारसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्