जुम मार्फत अध्यक्ष वलीले गरे ६३ जिल्लामा एकैचोटि उद्घाटन



काठमाडौं,पुस २३ । नेकपा एमाले नुवाकोटको ८औं जिल्ला अधिवेशन उद्घाटन भएको छ । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीले नुवाकोट लगायत ६३ जिल्लाका जिल्ला अधिवेशनलाई जुम मार्फत एकैचोटि उद्घाटन गरेका छन ।

अध्यक्ष वलीले सबै जिल्लाको नेतृत्व चयनमा सकेसम्म सहमति गरेर जिल्लाको नेतृत्व चयन गर्दा राम्रो हुने सहमति गरेर जानुस भन्दै आफ्नो मन्तव्य जुम मार्फत बताएका थिए।उक्त कार्यक्रममा एमालेका जिल्ला तथा केन्द्रिय तथा प्रदेश कमिटीका नेताहरुको उपस्थिति सँगै कार्यक्रम सुचारु भएको छ।

अधिवेशनमा अधिकाम्स सदस्यहरुले आ-आफ्नो सदस्य परिचयपत्र सहित उपस्थिति रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्