पूर्व राष्ट्रपति रामवरण यादव नुवाकोट आउँदै



नुवाकोट,पुस २३ । पूर्व राष्ट्रपति रामवरण नुवाकोट आउँने भएका छन्।

जिल्लास्थित शिवपुरी गाउँपालिकाको प्रशासकीय भवन औपचारिक उद्घाटनका लागि यादब नुवाकोट आउने भएका हुन।

शुक्रबार गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाद्वारा एक सूचना जारी गर्दै सो बारे जानकारी गराएका छन्। अध्यक्ष थापाले शिवपुरी गाउँपालिका बासी आमा-बुबा, दिदि-बहिनी तथा दाजु-भाईलाई कार्यक्रममा उपस्थितिका लागि सूचना मार्फत अनुरोध गरेका हुन।

अध्यक्ष थापाद्वारा गरिएको अपिल

आदरणीय शिवपुरी बासी आमा-बुबा, दिदि-बहिनी तथा दाजु-भाईहरु यस शिवपुरी गाउँपालिकाको प्रशासकीय भवन (स्थानीय सरकारको सिंह दरवार) को औपचारिक समुदघाटन समरोह मितिः २०७८ पौष ३० गते बिहान ११ बजे पालिका भवनको प्राङ्गणमा सम्मानीय पूर्व राष्ट्रपति (प्रथम राष्ट्रपति) डा. रामवरण यादव ज्यूको प्रमुख अतिथ्यतामा सम्पन्न हुन गईरहेकोले यहाँहरुको गरिमामय उपस्थितीका लागि हार्दिक अपिल गर्दछु ।

अध्यक्ष: रामकृष्ण थापा शिवपुरी गाउँपालिका नुवाकोट

प्रतिक्रिया दिनुहोस्