पाल्पा एक महिला मृत फेला, हत्याको आशंका



पाल्पा,पुस २३ । पाल्पामा एक ६५ बर्षिया महिला मृत अबस्थामा फेला पर्नुभएको छ। जिल्लाको तानसेन–६ कुनसरेमा सरस्वती घर्ती मृत अवस्थामा फेला परेकी छिन ।उनि घरमा एक्लै बस्दै आएकी थिइन ।

आफ्नै घरदेखि १५० मीटर तल दक्षिणतिरको भीरमा घर्ती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

शुक्रबार बिहान ७ बजेतिर आफ्नो छोरा गणेश घर्तीले चिया दिन जाने क्रममा आमा सरस्वतीको शब देखेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घर्तीको राति नै हत्या भएको हुनसक्ने अनुमान  गरिए पनि पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेकाले अहिले नै यहि हो भन्न नसकिने प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीले बताए ।

प्रतिक्रिया दिनुहोस्