प्रचण्डलाई कोरोना संक्रमण पुष्टि
काठमाडौं,पुस १४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रचण्डलाई हिजो शुक्रबार गरिएको पिसिआर परीक्षण रिपोर्टमा संक्रमण पुष्टी भएको हो । संक्रमण पुष्टिसंगै उनी खुमलटार स्थित निवासमै आईसोलेसनमा बसेका छन् ।
केही दिन अघि देखि नै प्रचण्डले निवासमा भेटघाट बन्द गराएका थिए । यद्यपि, प्रचण्डको स्वास्थ्य अवस्था भने सामान्य रहेको एक सचिवालय सदस्यले जानकारी दिए ।

