छहरे-टोखा सडक खुल्यो, काङ्ग्रेस नेता महतद्वारा निरीक्षण
पुस २४ । निर्माणका क्रममा छहरे-टोखा सडक खुलेको छ। झण्डै तीन सातादेखि निर्माणका क्रममा अवरुद्ध सडक शनिबारदेखि खुलेको हो।
हालै निर्मित सडक उद्घाटन तथा निरीक्षण काङ्ग्रेस नेता तथा नुवाकोट काङ्ग्रेस सभापति रमेशकुमार महतले गरेका छन् ।सो क्रममा नेता महतले आगामी दिनमा सडक स्तरोन्नतिका लागि थप पहल गर्ने बताए ।
निरीक्षण तथा उद्घाटन सत्रमा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, उपप्रमुख अप्सरा थापा, लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ, दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ, काङ्ग्रेसका युवा नेता रामेश्वर थापा, निर्माणको ठेक्का पाएको सिसन निर्माणका पदाधिकारीहरुको उपस्थिति रहेको थियोे।

