एकीकृत समाजवादीको पेशागत महासंघ लुम्बिनी प्रदेश भेला
बुटवल, पुस २४ । नेकपा (एकीकृत समाजवादी) पेशागत महासंघ नेपाल लुम्बिनी प्रदेश स्तरीय भेला बुटवलमा शनिबार सम्पन्न भएको छ । नेकपा (एकीकृत समाजवादी)मा आवद्ध पेशाकर्मीहरुको साझा संगठन पेशागत महासंघ नेपाल लुम्बिनी प्रदेश भेला पार्टी प्रदेश कमिटी सदस्य एवं इन्चार्ज यज्ञमुर्ति भण्डारीको अध्यक्षतामा भएको थियोे । सो भेलाको प्रमुख अतिथिमा पेशागत महासंघ नेपालका केन्द्रीय अध्यक्ष प्रेमल कुमार खनाल रहेको थिए ।
उक्त भेलामा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज डा. बालकृष्ण चापागाई, पार्टी केन्द्रीय सदस्य तथा रुपन्देही सह– इन्चार्ज सिद्धिचरण चट्टराई, पार्टी केन्द्रीय सदस्य सीता ओझा, पार्टी केन्द्रीय सदस्य तथा एकीकृत स्वास्थ्यकर्मी संघका केन्द्रीय उपाध्यक्ष राधा सिलवाल, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष मोहन केसीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
लुम्बिनी प्रदेश कमिटी गठन
भेलाले पेशागत महासंघ नेपाल, लुम्बिनी प्रदेश कमिटी गठन गरेको छ । अनिल अधिकारीको संयोजक रहनु भएको ३५ सदस्यीय लुम्बिनी प्रदेश कमिटीको उपाध्यक्षमा रामु बस्नेत, दीपा थापा, खगराज अर्याल, महासचिव भीम बहादुर क्षेत्री, सचिवमा दीप बहादुर शाही, सुदृष्टि श्रेष्ठ, कोषाध्यक्षमा मधुसुधन गौतम चयन भएका छन् ।
त्यस्तैगरी कार्यसमिति सदस्यमा निमानन्द भुसाल, शालिकराम पौडेल, ओमभक्त डागी, राजकुमार गौतम, रामप्रसाद भण्डारी, सुरेन्द्र रेग्मी, चन्द्र विसी, कमल पुन, नविन बुढा, बुद्धिराम नेपाली, वीर बहादुर नेपाल, गहतराज अर्याल, शारदा बेल्वासे, राधाकृष्ण अधिकारी, द्रोण महत, गोपाल भट्टराई, हेमनाथ ज्ञवाली, निशा सिग्देल, रामजी ज्ञवाली, अशोक दिक्षित, मुनीर खाँ, मुस्लीम खाँ, पुरुषोत्तम अधिकारी, इश्वरी पौडेललगायत चयन भएका छन् ।

