बाघको आक्रमणबाट महिलाको ज्यान गयो
बाके,पुस २४ । बाघको आक्रमणबाट १ महिलाको ज्यान गएको छ। राप्ती सोनारी गाउँपालिका ६ हब्रहवा बस्ने ३३ वर्षीया चाँदनी थारुको बाघको आक्रमणमा परी शनिबार बिहान मृत्यु भएको हो ।
सोही ठाउँस्थित सदाबहार सामुदायिक वनमा अन्य महिलाहरूसँग मिलेर सालको पात टिप्न गएकोमा चाँदनीलाई बाघले आक्रमण गरी लगेको थियो ।
घटना लगत्तै ईलाका प्रहरी कार्यालय भगवानपुर र अस्थाई प्रहरी पोष्ट फत्तेपुर ‘ख’ बाट खटिएको संयुक्त प्रहरीको टोलीले खोजी गर्नेक्रममा उक्त जंगलमा उनको शव फेला परेको बाँके प्रहरीले जानकारी दिउको हो ।

