इट्टा भट्टाको पर्खाल खसेर एक मजदुरको मृत्यु, दुई जना घाइते



सप्तरी,पुस २६ । इट्टा भट्टाको पर्खाल खसेर एक मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सप्तरीको रुपनीस्थित विशाल इट्टा भट्टाको पर्खाल खसेर एक जना मजदुरको मृत्यु भएको हो भने दुई जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा इट्टा भट्टामा कार्यरत सप्तरीको जगमोहनकी ४७ वर्षीया जतरीदेवी सदा रहेकी छन् । गम्भीर घाइते भएकी सदाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काप्लेले जानकारी दिएका छन् ।

घाइते हुनेमा सोही भट्टामा कार्यरत ५० वर्षीय मंगल सदा, ४५ वर्षीय रमेश लोधरी रहेका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भैरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्