नुवाकोटको विदुरमा भोलि सार्वजनिक विदा
नुवाकोट,पुस २६ । जिल्लाको विदुरमा भोलि पुस २७ गते मंगलबार सार्वजनिक विदा दिइने भएको छ। पृथ्वी जयन्तीको अवसरमा जिल्लाको विदुर नगरपालिका सेवा क्षेत्रमा विदा दिइएको हो ।
पृथ्वी नारायण शाहले १८०१ सालमा नुवाकोटबाटै नेपाल एकिकरणको सुरुवात गरेका थिए । आधुनिक नेपालका राष्ट्रनिर्माता तत्कालीन राजा पृथ्वीनारायण शाहको योगदानलाई उच्च सम्मान र कदरस्वरुप स्थानीय सरकारको तर्फबाट राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीलाई भव्यता साथ मनाउन सार्वजनिक बिदाको घोषणा गरिएकोे विदुर नगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल एकीकरण थालनी भएको गौरवपूर्ण इतिहासलाई भुल्न नहुने भन्दै नपाभित्र बिदा दिने निर्णय गरिएको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले जानकारी दिए ।

