मिलमा सल बेरिँदा महिलाको ज्यान गयो
डोटी, पुस २८ । मिलमा सल बेरिदा आछाममा एक महिलाको ज्यान गएको छ।
अछामको चौरपाटी गाउँपालिका–४ पायलकी ५१ वर्षीया सुन्तली बोहराको मिलमा सल बेरिदा ज्यान गएको हो।
इलाका प्रहरी कार्यालय साँफेबगरका अनुसार साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको आफ्नै कुटानीपिसानी मिलमा काम गरिहेको बेला बुधबार सल बेरिएर उनको घटनास्थलमै मृत्यु भएको हो ।

