झोरका किसानलाई तरकारीजन्य बीउविजन वितरण



झोर, पुस २९ । टोखा नगरपालिका वडा नम्बर १ झोरका किसानलाई तरकारीजन्य बीउविजन वितरण गरिएको छ। बिहीबार वडा नम्बर १ का विभिन्न स्थानबाट कृषकलाई तरकारीको बीउ वितरण गरिएको वडाध्यक्ष्य श्रीकृष्ण अधिकारीले बताए ।

अध्यक्ष अधिकारीका अनुसार वडा नम्बर १ का मालुङ, फूलबारी, बिडारी गाउँ, दुलाल गाउँ, झाेर गाउँ, लामिछाने गाउँ, गैरी गाउँ, लालबारी, बाैडु गाउँ, जहाँनिया गाउँ, राजेशकाे पसल, टाँसी डाँडावासीलाई बीउविजन वितरण गरिएको हो। वितरण गरिएको बीउविजनमा चम्सुर,पालुङ्गो, धनिया, रायो, काक्रो, फर्सी,घिरौला, करेला, सिमी, तने बोडी, भिन्डी लगायतको बीउ रहेका छन् ।

लामो समयदेखि झोरलाई तरकारीको भण्डारण मानिदै आएकाले वडा नम्बर १ ले वडास्तरीय बजेटमा समायोजन हुनेगरी तरकारीजन्य बीउविजन वितरण गरिएको टोखा नगरपालिका वडा नम्बर १ कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्