आधुनिक भवनमा युरोपेली वास्तुकलाको प्रचलन



काठमाडौं,पुस ३० । आर्किटेक्चरको नेपाली अर्थ हुन्छ, वास्तुकला । आर्किटेक्ट वा वास्तुकला भन्नासाथ भवन भन्ने बुझिन्छ । वास्तुकलामा भवन शब्दले मात्र पूर्णता पाउन सक्दैन । भवनसँग सम्बन्धित जग्गाजमिन, नक्सा पास, इन्टेरियर डिजाइन, इन्जिनियर, कला, शैली आदि सबै पर्दछन् ।

भवन जीवन निर्वाहको क्रममा सुरक्षासँग जोडिएर आउँछ । धन–सम्पत्तिको सुरक्षा, आत्मरक्षा, आरामदायी बसोबास, सुखशान्ति र स्थिरता नै भवन निर्माणको सुरुआत हो भन्न सकिन्छ । यसमा सौन्दर्यको कुनै भाव पाइँदैन किनकि यो त्यस समयको जीवन पद्धति हो, जुन समय ओडारको कष्टकर बसाइँबाट भर्खर स्थायी बसोबासको थालनी भएको थियो ।

वास्तुकलामा नयाँ–नयाँ शैली, कलाकृति, आर्किटेक्ट डिजाइन र इन्टेरियर डिजाइनको सुरुआत युरोपको ग्रिकबाट भएको मानिन्छ । यसले पूरा युरोपभर आफ्नो कला, संस्कृतिको रूपमा फैलिने अवसर प्राप्त गर्‍यो । वास्तुकलामा कला, धर्म, संस्कृति, रहनसहन, वस्तुको उपलब्धता, जाति विशेष आदिको ठूलो भूमिका र प्रभाव रहेको देखिन्छ ।

वास्तुकला एउटा दृष्य कला हो, जसमा विभिन्न शैली प्रयोग गरिन्छ । शैलीमा बनावट, निर्माण विधि, निर्माण सामग्री र क्षेत्रीय चरित्रजस्ता तत्व समावेश हुन्छन् । यसले संरचनालाई उल्लेखनीय वा ऐतिहासिक रूपमा पहिचानयोग्य बनाउँछ ।     

प्रविधि र सूचना तथा सञ्चारको विकाससँगै संसार साँघुरियो । एक देशको वस्तु अर्को देशमा सजिलै हस्तारण हुने अवसर प्राप्त भयो । एक देशको प्रविधि, विकास र कला, संस्कृतिको नक्कल वा सिको गर्ने संस्कारको विकास भयो । सिको गर्ने सिलसिलामा नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । यसको फलस्वरुप युरोपियन शैलीका भवन बन्न थाले । विशेषगरी नेपालमा यसको सुरुआत जंगबहादुर बेलायत गएर फर्केपछि भएको पाइन्छ । यहाँ यिनै युरोपियन शैलीमध्येको एक रेनेशाँ कलासम्बन्धी छोटो चर्चा गर्ने जमर्को गरिएको छ ।
 
युरोप क्लासिकल शैलीको आर्किटेक्चरका लागि प्रसिद्ध छ, जुन प्राचीन ग्रिसमा विकसित भएको थियो । मध्य युगको १४ औंदेखि १६ औं शताब्दीसम्म यो शैली इटालीको रोममा विकसित भएर युरोपभर फैलन सफल भयो । युरोपमा प्रचलित केही आर्किटेक्चर शैली बाइजान्टाइन, रोमानिस्क, गोथिक, रसियन, रेनेशाँ, ब्रान्कोभेन्स आदि हुन् ।

रेनेशाँ आर्किटेक्चर शैलीले प्राचीन ग्रिक र रोमन विचार, धार्मिक, सांस्कृतिक र भौतिक संस्कृतिको प्रतिनिधित्व गर्दछ । यो शैली पहिलो पटक फ्लोरेन्स सहरमा फिलिप्पो ब्रुनलेस्चीले आविष्कार गरेका थिए । यो पछि इटालीको रोममा फैलियो । समयक्रममा यसले युरोपको स्पेन, फ्रान्स, जर्मनी, इंग्ल्यान्ड, रुस आदि देशमा सहरको रूपमा विकसित हुन पुग्यो । यस शैलीमा सिमेट्री, प्रोप्रसन, जियोमेट्रीजस्ता म्याथमेटिक्स मेथड प्रयोग गरिएको छ । यी शैली विशेषगरी चर्च, नागरिक भवन र अन्य संरचनामा देख्न सकिन्छ । कोलम, पिलास्टर, लिनटेल्स आदि पिल्लर वा विमको रूपमा प्रयोग भएको छ । यसले भवनलाई हेराइमा सुन्दर र आकर्षक बनाउँछ । भवनको झ्याल, ढोका, पोर्टल र फायरप्लेसमा विभिन्न महँगा गरगहनाद्वारा आकर्षक ढंगले सजाइएका हुन्छन् । सेमिसर्कल आर्कस, हेमिसफेरिकल डोम्स, निचेस, आदिकुलाजस्ता आर्किटेक्चर प्रयोग गरी विविध धार्मिक मठमन्दिर निर्माण गरिएका छन् । धार्मिक मन्दिर र भवनमा अर्ध वर्गाकारका छाना, पिल्लर प्रयोग गरी बनाइएका हुन्छन् । भवनको माथिल्लो भागमा गुम्बज आकारको शैली प्रयोग गरिएको हुन्छ । यसमा विशेष कलात्मक शैली बढी प्रयोग भएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्