लुम्बिनी प्रदेशले दियो आइतबार सार्वजनिक बिदा
बुटवल,पुस ३० । लुम्बिनी प्रदेशले आइतबार सार्वजनिक बिदा दिएको छ।
लुम्बिनी प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा आइतबार सार्वजनिक विदा दिएको हो।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार एक सूचना जारी गरी माघे संक्रान्तिको अवसरमा आइतबार प्रदेशभर सार्वजनिक बिदा दिइएको जनाएको छ।

