सिंहदरबारभित्रै कार्यकारी अध्यक्ष शर्मालाई कालोमोसो दलियो



काठमाडौं, पुस ३० । काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीले सिंहदरबारभित्रै विद्यार्थीले कालोमोसो दलेका छन् ।

शुक्रबार शिक्षा मन्त्रालयमा बसेको सर्वपक्षीय बैठकबाट बाहिरिनेक्रममा विद्यार्थीले कालोमोसो दलेका हुन् । पाँच जना विद्यार्थीले मन्त्रालय परिसरमै कालोमोसो दलेका हुन् ।

प्रहरीले कालो मोसो दल्ने समूहमा सहभागी भएका नेकपा (एस) निकट अनेरास्ववियुका उप महासचिव महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनलाई पक्राउ गरेको छ । पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न अनेरास्ववियु अध्यक्ष सुदेश पराजुलीले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्