हेटौंडामा १ सय रुपैयाँमा मासुभात
हेटौंडा,पुस ३० । हेटौंडामा १ सय रुपैयाँमा मासुभात खाना खान पाइने भएको छ । हेटौँडा–१ मा हिमालय मःम हबले १ सय रुपैयाँमै मासुखाना र माछा खाना खुवाउँदै आएको हो । यहाँ सस्तोमा गुणस्तरीय र स्वादिष्ट खाना खानको लागि ग्राहकहरुको भीड लाग्न थालेको छ । बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म र साँझ ६ बजेदेखि राति ८ बजेसम्म हिमालय मःम हबले खाना खुवाउँदै आएको संचालक दिपेश राज कुँवरले बताए ।
संचालक कुँवरले भने,‘१ बर्ष पुगेको उपलक्ष्यमा हामीले १ सय रुपैयाँमा खाना अभियान सुरु गरेका हौँ।’ हिमालय मःम हब भनेर गत बर्ष माघ ११ गते सुरुवात थियौँ पहिले खाजा,नास्ता मात्रै उपलब्ध गराउने थियौँ हाल एक सय रुपैयाँमै मासुखाना र माछा खाना खुवाउँदै आएको उनले बताए ।
हरेक दिन बिहान बेलुका गरी झण्डै २ सय जनालाई खाना खुवाइरहेको अर्का सञ्चालक वासुदेव चौलागाइँले बताए । उनले भने,“राप्तीरोडको व्यापारीक भवन एमएस कम्प्लेक्सको भुइँतलामा रेस्टुरेन्ट संचालन गरेका छौँ ।’ मासिक ४५ हजार रुपैयाँको हाराहारीमा भाडामा संचालन गरेको हिमालय मःम हबले शुक्रबार मात्रै तीनसय जनालाई खाना खुवाएकोछ । दुई जनाको साझेदारीमा सञ्चालित रेस्टुरेन्टमा खाना खाएका ग्राहकहरुबाट पाएको राम्रो प्रतिक्रिया पाएको संचालक कुँवरले बताए।

