ग्यास गिजरमा नुहाउने क्रममा निसास्सिएर मृत्यु
स्याङ्जा,पुस ३० । गल्याङ नगरपालिका ३ गल्याङ बस्ने ३२ वर्षीया सुनिता भट्टराईको आफ्नै घरको बाथरुममा ग्याँस गिजरको प्रयोग गरी नुहाउने क्रममा निसास्सिएर मृत्यु भएको छ ।
नुहाउनको लागि बाथरुम छिरेकोमा लामो समयसम्म बाहिर ननिस्किएपछि आफन्तहरुले ढोका फुटाई हेर्दा बेहोस अवस्थामा फेला पारेको उपचारको क्रममा मृत्यु भएको स्याङजा प्रहरीले जनाएको छ ।
उपचारको लागि लुम्बिनी मेडिकल कलेज पाल्पा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । घटनाका बिषयमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

