मुग्लिनमा पुलबाट त्रिशुलीमा स्कोर्पियो खस्यो, ७ जना घाईते
मुग्लिन,पुस ३० । नारायणगढ –मुग्लिन सडकखण्डमा स्कार्पियो पुलबाट खसेको छ। सो स्कार्पियो दुर्घटनामा ७ जना घाइते भएको प्रहरीले जनाएको छ ।
शुक्रबार साँझ ६ बजे नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको बा १३ च ४३६५ नम्बरको स्कोर्पियो गाडी चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित तुईनभिरको तीन नम्बर पुलबाट तल त्रिशूली नदीमा खसेको हो ।
दुर्घटनामा परि स्कोर्पियो चालक सहित ७ जना घाईते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ।प्रहरीका अनुसार उनीहरुको घटनास्थलबाट उद्धार थप उपचारका लागि भरतपुर अस्पतालतर्फ पठाईएको छ।

