बन्दीपुर दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो



तनहुँं, माघ १ । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी हटिया भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । बन्दीपुर अस्पतालका अनुसार ज्यान गुमाउनेमा ९ महिने बालिकासहित ६ जना पुगेको छ ।

मृत्यु हुनेमा आरुबी थापा, २४ वर्षीय रोशन गुरुङ, ४२ वर्षीया सुशीलादेवी न्यौपाने, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ७६ वर्षीया भीममाया गुरुङ र ४३ वर्षीय सुकबहादुर गुरुङ रहेका छन् । दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्यत्र २ जनाको अस्पतालमा मृत्यु भएको हो ।

घुमाउनेबाट धरमपानी आउदै गरेको ग १ ज ६५५५ नम्बर जिप शुक्रबार राति साढे ८ बजेतिर सडकबाट अन्दाजी एक सय मिटर तल खसेर दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्