घरको बार्दलिबाट खसेर प्यूठानमा एक पुरुषको मृत्यु
प्युठान,माघ २ । प्यूठानमा आफ्नै घरको बार्दलिबाट खसेर एक पुरुषको मृत्यु भएको छ । प्यूठान नगरपालिका २ चितिखोला निवासी बर्ष ३७ का ऋषिराम बिष्टको शनिबार दिउसो ११ः२० मा मृत्यु भएको प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
मृतक बिष्ट पौष ३० गते राति साझ ७ बजेको समयमा घरको कोठामा जाने क्रममा बार्दलिबाट घरको आगनमा खसेका थिए । शनिबार नै जिल्ला प्रहरी कार्यालय प्यूठानको टोलीले घरमै पुगेर अनुसन्धान गरि शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल विजुवार प्यूठानमा लिइएको थियो ।
शवको पोष्मार्टम आज आइतबार गरिने जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । मृतक बिष्टको श्रीमती र एउटी छोरी रहेका छन ।

