स्वकीयसहित मन्त्री आलेलाई कोरोना पुष्टि



काठमाडौँ,पुस ३। स्वकीयसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई समेत कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्री आलेको सचिवालयले केहीदिनयता आफूहरुको सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्