नुवाकोट बट्टार क्याम्पसको प्रमुखमा जितेन्द्र अर्याल



नुवाकोट,माघ ३ । नुवाकोटस्थित बट्टार क्याम्पसमा क्याम्पस प्रमुख पदमा जितेन्द्र अर्याल चयन भएका छन् ।

सोमबार बसेको संचालक समितिको बैठकले क्याम्पसमा उपप्राध्यापक पद सम्हालिरहेका जितेन्द्र अर्याललाइ तिन बर्षका लागि चयन गरेको स्रोतले जानकारी दिएको छ । यसअघि क्याम्पसले भोला पाण्डेलाइ कायममुकायम प्रमुख तोकेको थियो। अब क्याम्पस प्रमुखको नियुक्ति संगै पाण्डे पदमुक्त भएका छन् । हाल क्याम्पसमा संचालक समितिको पद समेत रिक्त रहेको अबस्थामा संचालक समितिका सदस्यहरु मध्ये जेष्ठ सदस्य छत्र बहादुर डंगोलको अध्यक्षतामा बैठक बसेको थियो ।

यसैगरि क्याम्पसको संचालक समितिको अध्यक्ष तथा बाकि रहेका सदस्य चयनका लागि माघ १९ गते क्याम्पस सभा बोलाएको छ । उक्त सभाले बाकि पद पूर्तिको लागि प्रक्रिया अगाडी बढाउने छ ।

जितेन्द्र अर्याल क्याम्पस प्रमुखमा नियुक्त हुने बित्तिकै क्याम्पसका बिद्यार्थीको बधाईको ओइरो आउन थालेको छ । क्याम्पस प्रमुख अर्यालबाट क्याम्पसमा भएको अस्थिरता अन्त्य हुने आशा बिद्यार्थीले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्