गोरखामा आगो ताप्ने क्रममा बालिकाको ज्यान गयो



गोरखा,माघ ३ । गोरखामा आगो ताप्ने क्रममा एक बालिकाको ज्यान गएको छ। गोरखाको सिरानचोक गाउँपालिका ६ को चिलाउनेमा आगो ताप्ने क्रममा सोमबार बिहान ११ बर्षिया बालिकाको ज्यान गएको हो ।

जिल्लाको गोरखा नगरपालिका २ को कोखे आहालेमा फुपु दिदी संग बस्दै आएकी ११ बर्षिया बालिका समिना परियारको मामा घरको गोठमा आगो ताप्ने क्रममा ज्यान गएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालका अनुसार माघे संक्रान्ति मनाउन बालिका मामा घर गएकी थिइन । बुधबार बिहान हजुर बुवा र हजुर आमालाई चिया खुवाएर नजिकै रहेको गोठमा आगो ताप्ने क्रममा ढिला समयसम्म पनि नआए पछि गोठमा गएर हेर्दा श्वास लिन गारो भएको अवस्थामा फेला पारेका थिए । बालिकालाई नजिकैको गाँखुको स्वास्थ्य चौकीमा उपचारका लागि लगिएपनि गोरखा अस्पतालका चिकित्सकहरुले मृत्त घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्