अख्तियारमा उजुरी परेपछि धुर्मुस–सुन्तलीको प्रतिक्रिया: ‘केही दिनमै खर्च सार्वजनिक गर्छाैँ’
काठमाडौं,माघ ३ । चितवनको भरतपुरमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा निर्माणका क्रममा अनियमितता भएको भन्दै उजुरी परेपछि धुर्मुस–सुन्तली फाउन्डेशनले एक दुई दिनमै खर्च विवरण सार्वजनिक गर्ने बताएका छन् ।
रंगशाला निर्माण गर्न नसक्ने भन्दै हात झिकेपछि फाउन्डेसनका सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीविरुद्ध आर्थिक अनियमितताको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
आफूविरुद्ध उजुरी परेपछि सोमबार फाउन्डेसनको तर्फबाट प्रस्टीकरण जारी गर्दै उनीहरुले रंगशाला निर्माणको सुरुवातीदेखि पुस २०७८ सम्मको लेखापरीक्षण भइरहेको र केही दिनमै परियोजनाको वास्तविक आम्दानी–खर्च सार्वजनिक गर्ने बताएका छन् ।

