अब नुवाकोटमै स्टिम बाथ र साउनाको सेवा



नुवाकोट,माघ ४ । फाइभ स्टार होटल र नेपालका ठूला सुविधा सम्पन्न सहरहरुमा मात्रै उपलब्ध स्पाको स्टिम बाथ र साउना सेवा अब नुवाकोटमै उपलब्ध भएको छ ।

आइतबारदेखि बट्टार बसपार्क नजिकै सञ्चालनमा आएको ‘हेवन्ली स्पा’ ले सो सुविधाका पारखीलाई सेवा दिने भएको हो। बिहान ६ बजेदेखि राती आठ बजसेम्म सेवा दिने हेवन्ली स्पाले महिला र पुरुषका लागि बेग्लाबेग्लै स्टिम बाथ र साउना रुम तयार गरेको छ ।

सो सेन्टरमा एकै पटकमा झण्डै १५ जनाले सेवा लिन मिल्नेछ भने महिला र पुरुषका लागि बेग्ला बेग्लै ‘च्याम्बर’ बनाइएको सञ्चालक रमेश वस्तीले बताए ।

पछिल्लो समय बढदो सहरीकरण, मानिसहरु कामकाजमा सधैं ब्यस्त, जीबन शैली, अस्तब्यस्त, थकाई, दुखाई, तनावलाई ‘माइन्ड फुल बडी’ र दिमागको सन्तुलनलाई मिलाउनको लागि स्टिम बाथ र साउना प्रयोगमा ल्याउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्