सुनसरीको बर्जू महोत्सवमा दर्शकलाई आयोजकले ढाटेपछी आगजनी र तोडफोड



सुनसरी, माघ ४ । सुनसरीको बर्जू गाउँपालिका-६ स्थित चिमडीमा जारी बर्जू महोत्सवमा दर्शकलाई आयोजकले ढाटेको निहुँमा आगजनी र तोडफोड गरिएको छ ।

मंगलबार महोत्सवको अन्तिम दिन भोजपुरी नायक खेसारीलाल यादव आउने कार्यक्रम रहेको बताइए पनि यादव नआएपछि दर्शकले तोडफोड तथा आगजनी गरेका छन् । बिहानैदेखि टिकट काटेर बसेका दर्शकले अन्तिम समयमा यादव नआउने थाहा पाउनासाथ स्टेजमा आगो लगाएका थिए ।

उनीहरूले भारतीय ४ ओटा स्कार्पिओमासमेत आगो लगाएका छन् । आगलागीबाट टेबल, कुर्सी, साउन्ड सिस्टम जलेर पूर्ण रूपमा नष्ट भएको छ । तोडफोडबाट ठूलो जनधनको क्षति भएको बताइएको छ । भिडलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परेको बुझिएको छ । महोत्सव गत पुस २४ गतेदेखि आयोजना गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस्