नुवाकोट थानसिङ मरणपाटीका लागि ब्रम्हक्षेत्रको शुद्ध पानी व्यवस्थापन



नुवाकोट,माघ ५ । जिल्लाको थानसिङस्थित निर्माणाधीन मरणपाटीका लागि ब्रम्हक्षेत्रको शुद्ध पानी व्यवस्थापन हुने भएको छ ।

मूल सडकदेखि मरणपाटी पुग्न बनेको नयाँ बाटो ढलान कार्य सकिएकोले आवश्यक शुद्ध पानीको व्यवस्थापनका लागि ब्रम्ह क्षेत्रको पिउने पानी ल्याउने तयारी गरिएको मरणपाटी निर्माण समितिका अगुवा युवा सुमन भण्डारीले बताए । खानेपानी व्यवस्थापनका लागि ब्रम्हनालदेखि मरणपाटीसम्मको नापजाँच समेत सकिएको छ।

ब्रम्हनालबाट मरणपाटीसम्म १२००मिटर पाइप आवश्यक रहेको निर्माण समितिले जनाएको छ । अब छिटै पाइप गाड्ने काम अगाडि बढाइने युवा भण्डारीले बताए । स्थानीय श्रमदानबाट पाइप गाडिने भएकाले सबैलाई उपस्थितिका लागि अनुरोध समेत सो निर्माण कमिटीले गरेको छ।

निर्माण कमिटीले मरणपाटी पुग्न आर्थिक तथा भौतिक सहयोगका लागि यसअघि नै आह्वान गरेको थियोे । विशुद्ध सामाजिक काम भएकाले कसैले विना शंका सहयोग गर्न समेत निर्माण समितिले अनुरोध गरेको छ। निर्माण समापनसंगै आर्थिक हिसाबकिताब सार्वजनिक गरिने सो समितिले जनाएको छ। निर्माण कमिटीलाई हालसम्म झण्डै ५ लाख सहयोग देशविदेशबाट जुटिसकेको समितिका दिपक अधिकारीले बताए ।

पछिल्लो समय प्राप्त सहयोग रकम यसप्रकार छ;-

१.पुरुषाेत्तम भण्डारी (मुकुन्द भण्डारी )=१०००५
२.स्व.कुल कुमार भण्डारी (अच्युत भण्डारी )=५०१०
३.विराट रिसाल (फगटे)=५०००
४.राम प्रसाद भण्डारी (एक्ले बराबोट)=५००५
५.नवराज भण्डारी(थुम्का) =५०२०
६.कल्याण भक्त पाण्डे =५१०५
७.विष्णु मणि अधिकारी =३००५
८.सानू भाइ भण्डारी =३००५
९.राजन खतिवडा =३०१०
१०.सन्त कुमार डंगोल =३०००
११.होमनाथ लामिछाने (नारायण लामिछाने )=२०५०
१२.रामचन्द्र अधिकारी (मामा)=२०००
१३.गोविन्द भण्डारी =१००५
१४.पित्त नारायण श्रेष्ठ (मकैचौर)=१००५
१५.भक्त लाल श्रेष्ठ (मकैचौर)=१५१५
१६.अर्जुन वहादुर भण्डारी(खाल्टे) =२००५
१७.सपना श्रेष्ठ =५०५०

१८, बैंकमा आएको भौचर नाआएको =३१००

जिन्सी सहयोग

१.लिखु निर्माण सेवा १ टिप कर छुट
२.किरण पाण्डे ३ बोरा सिमेन्ट

प्रतिक्रिया दिनुहोस्