ढिस्को सहित तिनाउ नदि किनारमा खसेर २ जनाको ज्यान गयो



बुटवल,माघ ६ । तिनाउ नदि किनारमा तटबन्ध लगाउने क्रममा बनेको ढिस्को भत्कीदा ढिस्को माथी बसेका २ जनाको ज्यान गएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ प्रगतिनगर स्थीत तिनाउ किनारको ढिस्को आगो तापेर बसिरहेको अवस्थामा अचानक ढिस्को खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

उक्त घटनामा परी अन्य ३ जना युवाहरु घाइते भएका छन् ।प्रगतिनगरका ३२ वर्षीय गणेश थापा र १७ वर्षीय शिव थापालाई अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सुदर्शन पन्थीले बताए । पन्थिका अनुसार ढिस्को संगै खसेका २३ वर्षीय केशव पुरी, ३२ वर्षीय अशोक गाहा र ३३ वर्षका सलिम अली घाइते छन् । उनिहरुको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

बुधबार साँझ पौने ७ बजेतिर भएको उक्त घटनापछि स्थानिय र प्रहरीले उनीहरुको उद्धार गरेर अस्पताल पुर्याएका थिए। घाईते तिनजनाको अवस्था सामान्य रहेको र उनीहरुको उपचार भईरहेको प्रहरी निरीक्षक पन्थीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्