सिन्धुपाल्चोकमा ढुङ्गाले थिचेर एकको मृत्यु



सिन्धुपाल्चोक,माघ ८ । सिन्धुपाल्चोकमा ढुङ्गाले थिचेर एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बर्दिया घर भएका अन्दाजी ४० वर्षका शेरबहादुर श्रेष्ठ रहेका छन् ।

सडक निर्माणका क्रममा माथिबाट आएको ढुङ्गाले किचेर स्काभेटर चालक श्रेष्ठको ज्यान गएको ईलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्